नुवाकोट /
राष्ट्रिय स्वतन्त्र पार्टीले तेस्रो जित निकालेको छ। काठमाडौं क्षेत्र नम्बर ७ बाट जित निकाल्दै प्रतिनिधिसभाको ३ सिट स्वतन्त्र पार्टीले सुरक्षित गरेको छ।

काठमाडौं ७ मा सो पार्टीबाट उम्मेदवार बनेका गणेश पराजुली विजयी भएका हुन्। उनले नेकपा एमालेका श्याम घिमिरेलाई पराजित गरेका हुन्।

उता, सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी मानुषी यमि भट्टराई भने तेस्रो स्थानमा सीमित भएकी छिन्।

यहाँको औपचारिक मतपरिणाम भने सार्वजनिक गर्न बाँकी छ।

त्यस्तै, काठमाडौं २ मा सोविता गौतम र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठले जित निकालेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय