नुवाकोटका एमाले नेता लामा: बलात्कार अरोपमा पक्राउ

ताजा समाचार वागमती समाचार

नुवाकोट /
जिल्लामा एमालेका नेता शिवकुमार लामा बलात्कार आरोपमा पक्राउ परेका छन । विदुर नगरपालिका -४ का वडा सदस्य समेत रहेका लामा पाँच दिनदेखि प्रहरी हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

छिमेकी महिलालाई बलात्कार प्रयास गरेको अभियोगमा लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी कात्तिक २४ गतेराति पक्राउ परेका हुन ।पीडित महिलाले २५ गते वडा सदस्य लामा विरुद्ध बलात्कार प्रयासको जाहेरी दिएका छन् ।वडा सदस्य लामालाई नुवाकोट प्रहरीले अदालत पेश गरेर थप अनुसन्धानको लागि हिरासतमा लिएको छ। यो समाचार दैनिकीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *