१.
न जङ्गल देखिन्छ यहाँ न बन देखिन्छ
चुनाव आयो भन्दै छन् अचेल, सत्तामा पुग्नकोलागि
जताततै गिद्दहरुको सम्मेलन देखिन्छ

२.
यहाँ जितको अर्थ यहाँ हारको अर्थ
कसले बुझाओस् राजनीतिको कुटिल लडाइ
कर्णालीलाई सिंहदरबारको अर्थ

३.
उनीहरुमा शक्ति छ कसरी पो भन्ने
विदेशीलाई नागरिता बाँड्न हतार भएपछि
नेतामा देशभक्ति छ कसरी पो भन्ने

४.
क्यानभासको एउटा चित्र मेटिएको छ
परिस्थितिले मलाइ एउटा चोर बनायो किनकि
खोज्दै जाँदा मेरो मन भित्र भेटिएको छ

५.
सम्बन्धमा मिठास आउँदा मह भरिन्छ
कस्ता थिए कता गए होलान् हाम्रा मिलनका दिन
टिलपिल गर्दै आज मेरो गह भरिन्छ

रोल्पा
हाल : दोहा, कतार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय