प्रिय लाग्छ साथ तिम्रो नाचिरहुँ जस्तो
सधैँभरी अँगालोमै बाँधिरहुँ जस्तो ।

टाढा हुनु बाध्यता भो अन्यथा नठान्नु
छेऊ हुँदा एकोहोरो हाँसिरहुँ जस्तो ।

भाग्यको खेल यो कस्तो बुझ्नै नसकिने
जस्तै पीडा हुँदा पनि बाँचिरहुँ जस्तो ।

यादका पोका अनगिन्ती भएर होला
तिम्रो छायासँग प्रित गाँसिरहुँ जस्तो ।

भन्न बाँकी मनका कुरा यी कति कति
नभनेरै सधैँभरी साँचिरहुँ जस्तो ।

रतुवामाई- १०, मोरंग
हाल- प्रवास

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय