सत्य बोल्न डर भए मुखमा ताला लगाउ अब
दिन धेरै पर भए मुखमा ताला लगाउ अब।
बेच्ने र किन्नेहरुकाे गरेर सधैं चाकडी तिमी
झुटकै हाे भर भए मुखमा ताला लगाउ अब।


नेपाली हुँ भन्न लाज नहाेस् पुर्खाकाे तस्बिर हेर्दै
तिम्रो अर्कै थर भए मुखमा ताला लगाउ अब।
देश बिना नि बाँच्न सँकाेच नहुनेहरुले यहाँ
आफ्नाे छुट्टै घर भए मुखमा ताला लगाउ अब।
भगवती खनाल (सुनाखरी)
वि न पा -८ नुवाकोट
