नुवाकोट /
जिल्लाको क्षेत्र नं -२ मा गठबन्धन टुटेको छ। माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एसले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएपछि प्रदेश तर्फको क र ख मा गठबन्धन टुटेको हो।
जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रदेश ‘क’ मा नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्य वहादुर सिंह लामाले मनोनयन दर्ता गराएका छन् ।यस्तै, नेकपा माओवादी केन्द्रका तर्फबाट दिवंगत नेता पोष्टवहादुर वोगटी पत्नी राममाया वोगटीले पनि उमेदवारी दर्ता गराएकी छिन् ।
यस्तै, प्रदेश ख मा नेकपा समाजवादी र माओवादी केन्द्र दुवै दलको तर्फबाट उमेदवारी दर्ता भएको छ ।नेकपा समाजवादीका तर्फबाट पूर्व सांसद राजेन्द्रप्रकाश लोहनी र नेकपा माओवादीका तर्फबाट रामप्रसाद ढुङानाको उम्मेदवारी परेको छ।
संघका लागि भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता एवं पूर्व शिक्षामन्त्री अर्जुननरसिंह केसीले उमेदवारी दर्ता गरेका छन् ।क्षेत्र नं २ मा नेकपा एमालेको तर्फबाट संघमा पूर्व सांसद नारायणप्रसाद खतिवडा र प्रदेश क मा विजय लोप्चन तथा प्रदेश ख मा केशव पाण्डेको उमेदवारी दर्ता भएको छ ।यहाँ स्वतन्त्र दलको तर्फबाट पर्यटन ब्यवसायी सुमन पाण्डेले आफ्नो उमेदवारी दर्ता गरेका छन्।
यस्तैगरी राप्रपाको तर्फबाट क्षेत्र न २ काे प्रतिनिधि सभा सदस्य पदका लागि पार्टीका केन्द्रीय सह महामन्त्री झनक प्याकुरेल , प्रदेश (क) दिपेश लामा र प्रदेश (ख ) मा रणप्रसाद न्याैपानेकाे उमेदवारि दर्ता भएको छ।
क्षेत्र नं १ मा भने गठबन्धनका तर्फबाट संघमा नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री हितवहादुर तामाङ र प्रदेश क मा माओवादी नेतृ राधिका तामाङ र प्रदेश ख मा नेपाली कांग्रेसका जिल्ला सभापति रमेश कुमार महतको उमेदवारी परेको छ । यस क्षेत्रमा नेकपा एमालेका तर्फबाट संघमा जिल्ला अध्यक्ष बद्रि मैनाली र प्रदेश क मा सुशिल खड्का तथा प्रदेश ख मा पुर्णलाल श्रेष्ठको उमेदवारी परेको छ ।
