जिन्दगीले सोझ्याएको बाटो छुटेको छ
आफ्नै रूप चिहाउँने ऐना फुटेको छ।

पिरतीको वर्णशंकर मौलाएर होला
माया फूल्ने गुलाफको काण्ड टुटेको छ।

प्रेमरस बटुलेर घार भरेपछि
विषधारी बारुलाले मह लुटेको छ।

आवेगको डँढेलोमा जलाएर नाता
निभाएन आगो भन्दै पानी चुटेको छ।

कोही थिएन पानी दिने तिर्खाएको बेला
चिता हेर्न हजारौंको भिड जुटेको छ।

शम्भु गजुरेल (अज्ञानी)
नुवाकोट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय