अरिंगालको डरले जोडिएन विद्युत लाईन: पोल्न सक्ने मान्छेको खोजी गर्दै प्राधिकरण

ताजा समाचार

काठमाडौ /
मातातिर्थ–हेटौंडा प्रशारण लाइनमा भएको अरिङ्गालको गोलो पोल्न सक्ने मान्छेलाई सम्पर्कमा आउन अनुरोध गरिएको छ। १३२ जिबि प्रशारण लाइनमा जम्पर जोड्न शनिबार बिहान पुगेको विद्युत प्राधिकरणको टोलीले अरिङ्गालको गोलो देखेपछि काममा अवरोध भएको छ।

इन्जिनियर बिनोद लोहनीका अनुसार हाइ भोल्टेज लाइनमा अरिङ्गालको गोलो देखेपछि आज बिहानको काम अवरुद्ध भएको हो।

‘ट्रान्सिमिटर टावरको माथि अरिङ्गालको गोलो रहेछ, त्यसले हामीलाई काम गर्न दिएन्,’ लोहनीले भने, ‘त्यसपछि हामीले अरिङ्गाल पोल्नसक्ने मान्छे कोही गाउँबाट झिकाउन सकिन्छ कि भनेर सूचना गरेका छौं।’

अहिले दिउँसोको समय भएका कारणले रातिसम्ममा कोही अरिङ्गाल पोल्नसक्ने मान्छेको सहयोगमा काम अघि बढाउने उनले बताए।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *