नुवाकोट।
चाडपर्व नजिकिए संगै संयुक्त बजार अनुगमन समितिले बजार अनुगमनलाई तीव्रता दिने भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समितिले सोमबार बिदुर नगरपालिकाको विभिन्न स्थानहरुमा वजार अनुगमन गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालका अनुसारर अनुगमनको क्रममा भेटिएका अखाद्य बस्तुहरु नियन्त्रणमा लिएर सिधै नष्ट गरिने र दोश्रो पटकको अनुगमनमा पनि अखाद्य बस्तु भेटिएमा नियन्त्रणका साथै जरिवाना समेत गरिने बताउनुभएको छ ।

सोमबार अनुगमनको क्रममा भेटिएका अखाद्य बस्तुहरु नियन्त्रण लिएर नष्ट गरिएको उहाँले बताउनुभएको छ ।  साभार नुवाकोट न्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय