नुवाकोट /
नेपाल मौरी पालक माहासँघ नुवाकोटशाखा कोपहलमा बाग्मती प्रदेश भित्रका मौरीपालक व्यवसायी तथा कृषकहरुहरु स्वतस्पूर्त रुपमा भेला भै समसामियक बिषयहरुमा मिति २०७९ भाद्र २० गतेका दिन छलफल अन्तरक्रिया कार्यक्रम मौरीपालन विकास कार्यक्रम भण्डाराको सभाहलमा बिभिन्न जिल्लाका कृर्षकहरु उपस्थित भई सम्पन्न भएको छ।

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

उक्त भेलामा बिबिध बिषयमा छलफल गर्दा निम्न सवालहरु उठेका थिए। नेपाल मौरीपालकहरुको छाता संगठन नेपाल मौरीपालक महासंघको हुन गइरहेको महाधिवेशनको पूर्वसन्धामा यसतर्फ विशेष ध्यान दिइ छलफल गरी निचोड निकालियोस् भन्नका लागि यी बुँदाहरु उपयुक्त हुने ठानेको छु ।

१ ‍ मौरीपालन के गरने खै भएको बेलामा लहडमा शुरु गरिने व्यवसायको रुपमा लिइनु हुँदैन। राज्यले तालिम दिएर मौरीपालक तयार पार्ने र व्यवसाय दर्ता भएपछि मात्र अनुमति दिने अनुदान दिनु पूर्व असल मौरीपालन अभ्यास अपनाएको छ कि छैन नियमित अनुगमन गर्ने र सहुलियत कर्जा उपलव्धताको लागि सिफारिश गर्नु पर्दछ ।

२ मौरीपालन व्वयसायमा बिबिधिकरण तथा बिशिष्टिकरण गरिनु पर्दछ  न कि सवैले सवै क्षेत्रको काम गर्ने । बिशिष्ठीकरण गरिएमा सवै क्षेत्रहरु मैरी घार तथा अन्य सामाग्रीहरुके उत्पादन‚ रानी उत्पादन‚ गोला उत्पादन‚ मैरीका अन्य उपजहरु जस्तै पराग‚ मैन‚ कुट‚ शाहि खुराक‚ प्रपोलिस‚ मौरी बिष‚ एपीलार्नील उत्पादन‚ एपिथेरापी तथा मौरी पर्यटन आदि क्षेत्रहरुको विकास हुनेछ जसले गर्दा बाहिरी देश प्रतिको परनिर्भरता घटने छ । कृषक तथा व्यवसायीको आयश्रेत बढने छ रदेशमा रोजगारी सृजना हुनेछ । राज्यले अनुदान दींदा र योजना तर्जुमा गर्दा यी क्षेत्रहरुको बिकास कसरी हुन्छ बिचार गर्नु पर्छ ।

३ मह उत्पादकले मह उत्पादन गरेपछि त्यस महलाई कसरी नविग्रने गरी कहाँ भण्डारण गर्ने र कँहा बेच्ने राज्यको दायित्वमा रहनु पर्दछ कसलाइ परिचालन गर्ने हो। कसरी औध्योगिकीरणमा लाने हो वा सहकारीलाइ बजारीकरणको जिम्मा दिने हो त्यसमा राज्यको उपस्थिति चाहिन्छ नत्र मह बिक्री नभएको

४ राज्यका कृषि निकायहरुवाट गरिने कार्यहरु एक द्वार प्रणालीवाट हेरिनु पर्दछ ।न कि जसले पनि अनुदान बाढ्ने र बाँडेपछि अनुगमन गर्ने निकाय र व्यवसाय विकास बारे चासो राख्ने निकाय निश्चित गरिनु पर्छ।

५ सवैले सवै काम गर्ने भइरहेको छ। केन्द्र प्रदेश र स्थानिय निकायहरुका कृषि विकास हेर्ने फार्म तथा कार्यालयहरु निश्चित हुनुपर्दछ।

६ उत्पादनको गुणस्तर कायम राख्न traceability हेर्ने र निगमन गर्ने निकायहरु निश्चित गरिनु पर्दछ ता कि गुणस्तर बिग्रनुको पछाडी को जिम्मेवार छ थाहा हुनेछ। नत्र सवै निकाय पन्छिने काम हुन्छ यो मेरो काम होइन भनेर।
७ मौरीको नश्ल सुधार जटील विषय हो यो नभएमा मौरी नासिदै जानु सिवाय केही हुँदेन ।तसर्थ फार्म केन्द तथा अनुसन्धान केन्द्रको मुख्य काम यही हुनु पर्दछ र राज्यले यथोचित बजेट बिनियेजन जनशक्ति बिकासमा र सटलाइट स्टेशन स्थापनममा ध्यान पुर्याउनु पर्छ ।

८ अनुदान भन्दा पनि प्रविधि विकास र अनुशरण मुख्य कुरा हो सवैले मनन गर्नु पर्दछ ।

९ ”मौरी नासिएमा हामी पनि रहन्नोउ” सवैलाई चेतना वा जानकारी हुनु पर्दछ । नेपालका मौरीहरुको जनसंख्या घट्दो क्रममा रहेको छ। स्थानीय प्रजातिहरु पनि लोप हुने खतरा छ। घरपालुवा र जंगली मौरीहरुको खोज तथा अनुसन्धान निरन्तर भैरहनु पर्छ ।मौरी संरक्षणका कार्यक्रममा कृषि बन र बातावरण संरक्षणण संग जोडिएको हुनाले समान धारणा बनाउनुको साथै संरक्षणका क्रियाकलापहरुमा समन्वायत्मक रुपमा छलफल गरि कार्ययोजना तयार गरिनु पर्दछ ।मोरी प्रबर्धन नीतिलाइ कार्यान्वयन गर्न र अनुगमन निकाय गठन गरी त्यसको प्रगति तथा अनुगमन रिपोर्ट संचार माध्यममा आइरहनु पर्छ ता कि यस तर्फ के प्रयास भैरहेके छ सवैलाइ सुसूचित हुने अवसर मिल्ने छ ।

१० कृषिमा प्रयोग हुने बिषादीको सट्टा बैकल्पिक बाली संरक्षणका उपायहरु अपनाउन र मित्र जीवहरुको संरक्षणमा क्रियाकलापहरु सचालन गरिनु पर्दछ ।

भीमप्रसाद अधिकारी अध्यक्ष नेपाल मौरी पालक माहासँघ नुवाकोटशाखा ९८४१८०६४२८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x