१० औं “भंगेरी कप फुटबल प्रतियोगिता २०७९” असोज २९ गतेदेखी शुरु

खेलकुद

नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका -६ मा १० औं भंगेरी कप फुटबल प्रतियोगिता हुने भएको छ। आगामी असोज २९ गतेदेखि संचालन हुने उक्त प्रतियोगिता “कन्यास्थान युवा क्लबले” आयोजना गरेको हो।

असोज २९ गते शुरु भएर कार्तिक ८ गते समापनको कार्यतालिका राखिएको खेलमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रथम पुरस्कार रहेको उक्त प्रतियोगिताको द्वितीय पुरस्कार ५५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ।

४ जना एक्स्ट्रा खेलाडी सहित ९ जना खेलाडी खेल्न मिल्ने उक्त प्रतियोगिताको हरेक खेलको म्याच अफ दि म्यानलाई जर्सी पुरस्कार दिइने छ।

टिम दर्ताको लागि असोज २० गतेदेखि असोज २८ गतेसम्मको समय दिइएको छ भने टिम दर्ता शुल्क १० हजार ५ सय ५५ रुपैयाँ तोकिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *