उफ्! फेरि उही नेता, फेरि उही बोली।
कसरी आश गर्ने, उज्वल हुन्छ भोली।
हजारौं भए बेपत्ता हजारौं भए शहीद
यतिकै लागि हो, खेल्या रगतको होली?


भाइ-भाइ जुधाई, काँध चढ्यौं सत्ताको
घाइते खाडी छन्, बोकि शरिरमा गोली।
‘छेपारो हो’ प्रष्ट भो, सचेत कहिले हुने?
रङ्ग फेर्ने मनुवालाई, तार्नु पर्छ खोली।
सही गलत छुट्याएर, नेता चुनौं यसपटक
धेरै नेता आतुर छन्, भर्न आफ्नो झोली।
श्री भवानी नेपाल
ईटहरी-१२ खनार सुनसरी
हाल: युएई दुबई
