नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका -५ मा अवस्थित श्री जाल्पादेवी बोर्डिङ स्कुलले आफ्नो स्थापना दिवस मनाएको छ। उक्त बोर्डिङ स्कुलले आफ्नो स्थापनाको १४ औं वार्षिकोत्सब मनाएको हो।

प्रमुख अतिथि म्यागङ -५ का वडा अध्यक्ष जितबहादुर तामाङको प्रमुख आतिथ्यता, व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काको सभापतित्व र रामकुमार खड्काले संचालन गरेको उक्त कार्यक्रमको विशेष अतिथीको रूपमा पुर्व वडा अध्यक्ष रामबहादुर तामाङ र पुर्व ब्यवस्थापन समितिका अध्यक्ष बुद्धिबहादुर शाक्यका साथै अन्य अतिथिहरु तथा अभिभावक ,विद्यार्थी ,शिक्षक, राजनितिककर्मी र समाजसेवीको उपस्थिमा एक भव्य समारोहका बिच मनाएको छ।

सानासाना बाबुनानिहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने प्रमुख अतिथी वडा अध्यक्ष जितबहादुर तामाङले शिक्षा क्षेत्रमा राजनीति गर्नै नहुने र राजनीतिको क्रिडास्थल बनाउन नहुने बताए ।

यसैगरी उक्त वार्षिकोत्सब कार्यक्रमको क्रममा विद्यालयले विद्यार्थीहरुलाई पुर्व व्यवस्थापन समितिका पुर्व अध्यक्ष बुद्धिबहादुर शाक्य, विशेष अतिथि पुर्व वडा अध्यक्ष रामबहादुर तामाङ र प्रमुख अतिथि जितबहादुर तामाङको हातबाट पुरस्कार वितरण समेत गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय