नुवाकोट /
भक्तपुरमा ढोकाले किचेर एक बालिकाको मृत्यु भएको छ। मध्यपुरठिमी १ लोकन्थली रमाइलो चोकस्थित तिलकप्रसाद गौतमको कम्पाउन्डको फलामे ढोकाले किच्दा नुवाकोट बिदुर नगरपालिका ८ घर भई हाल भक्तपुर बोडे बस्ने गौतम अर्यालकी पाँच वर्षीया छोरी श्रीसिजा अर्यालको मृत्यु भएको हो।

पाहुना लाग्न गएकी उनी साढे दुई तल्ले घरको कम्पाउन्डमा रहेको फलामे ढोका सोमबार अपराह्न अचानक पल्टिदा उनको मृत्यु भएको थियो।

गम्भीर घाइते भएकी उनलाई मध्यपुर अस्पताल पुर्याइएको थियो। अस्पतालमा पौने ५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय