चुनावमा न्यायोचित टिकट वितरण होस, मनपरी नहोस: अर्जुननरसिंह केसि

ताजा समाचार राजनीति

नुवाकोट /
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री अर्जुननरसिंह केसीले आउँदाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा न्यायोचित टिकट वितरण गर्न संस्थापक पक्षको ध्यानाकर्षण गराएका छन ।

शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले दलभित्रको विविधतालाई बुझेर न्यायोचित टिकट वितरण गर्न आग्रह गरेको हो ।

केसीले गठबन्धनमा मात्रै नभइ अहिले पार्टी भित्र पनि विविधता रहेको भन्दै संस्थापक पक्षले न्यायोचित रुपमा टिकट वितरण गर्ने विश्वास राखेको बताए ।उनले एकातिर मापदण्ड र अर्कोतिर मन परेको व्यक्तिलाई टिकट वितरण नगर्न संस्थापक पक्षलाई आग्रह गरे ।उनले यदि संस्थापक पक्षले मनपरि गरेर टिकट दिन थाले त्यसको परिणाम गम्भीर हुने चेतावनी दिए ।

नेता केसीले गठबन्धनका दलहरुले पनि गठबन्धन बाहिरका दलहरुसँग तालमेल गर्ने भन्ने कुरा नियम विपरीत हुने भएकोले यसबारेमा छलफल गर्नुपर्ने बताए ।उनले गठबन्धनलाई सही बाटोमा लैजानका लागि र संविधानसम्मत अघि बढाउन जनतालाई र कार्यकर्तालाई केको आधारमा र कसरी गठबन्धनका दलबीच सिट बाँडफाँट भयो भन्ने कुरा स्पष्ट हुनुपर्ने बताए ।

उनले बताएका छन, ‘गठबन्धन परिस्थितिको बाध्यताका कारण बनेको हो ।तर पनि संविधानलाई जोगाउनका लागि बनेको गठबन्धनले केका आधारमा सिट फाँडफाँट भयो भन्ने आधार जनता र कार्यकर्तालाई दिनुपर्छ ।यो आधारमा यसरी सिट बाँडफाँट भयो भन्नेकुरा गठबन्धनले स्पष्ट रुपमा जनतालाई भन्नुपर्छ। मनपरि टिकट वितरण गर्दा गठबन्धन जुन लक्ष्यका लागि बनेको हो त्यो लक्ष्य पूरा हुँदैन।’

केन्द्रीय सदस्य केसीले मनपरि टिकट वितरणले गठबन्धनको लक्ष्य पूरा नहुने र चुनावको परिणाममा पनि असर गर्ने बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *