सडक दुर्घटनाको तथ्यांक भयावह: ८ वर्षमा १ लाख घाइते, १९ हजारले गुमाए ज्यान

ताजा समाचार

नुवाकोट /
पछिल्लो ८ वर्षमा नेपालमा सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ हजार ३५८ पुगेको छ भने ९६ हजार घाइते भएका छन् ।

माओवादी द्वन्द्व, २०७२ को भूकम्प अथवा कोभिड महामारी यीमध्ये कुनै एकमा ज्यान गुमाउने संख्याभन्दा यो अंक धेरै हो ।तर, यो मानवीय क्षतिमा सरकारले सामान्य छानबिनसम्म पनि गर्दैन।

प्रहरी मुख्यालयमा प्राप्त विवरण अनुसार २०७० को दशकको ८ आर्थिक वर्षमा मात्रै १ लाख ८६ हजार २७७ सडक दुर्घटना भएका छन् ।उक्त दुर्घटनामा ज्यान गुमाउने नागरिकको संख्या १९ हजार ३५८ पुगेको छ। यस्ता दुर्घटनामा परी १ लाख ३५ हजार १७५ जना मानिस घाइते भएका छन् ।

यसमा ३८ हजार ७४६ गम्भीर घाइते भए भने ९६ हजार ४२९ जना मानिस साधारण घाइते बनेका थिए ।सडक दुर्घटनामा मानिसका अलावा ७१० पशुचौपाया मारिएका छन् भने २६८ पशुचौपाया घाइते भएका छन् ।समग्र दुर्घटनाको मानवीय र भौतिक क्षतिको हिसाबकिताब गर्नै कठिन छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *