हाम्रो देशमा र खासगरी मधेशमा महिलालाइ महिला भएकै कारण हाम्रो समाजले महिला भएको अबगत गराइरहन्छ। साथै पुरुषहरु त पुस्तौं पुस्तादेखि समाजमा पहिलो दर्जाको नागरिक बनेर आधिपत्य जमाइरहेका छन।
महिला पनि पुरुष सरह मानव हुन भने कुरा कतै पनि स्विकार्य छैननन् परमेश्वर हरुलाइ।चाहे बुवा होस् श्रीमान्, छोरा वा अन्य।
पुरुष भएर जन्मिनु नै महानता ठान्छन। म त भन्छु जुन घरमा, जुन समाजमा वा जुनसुकै देशमा महिलालाइ हेपेको छ,अपमानित गरेको छ त्यो कुनै पनि स्थानमा शान्ति र बिकास भएको छैनन्। ती हरेक स्थान अपवित्र छन। बिनासकारी र भ्रष्ट बुद्दि को बिकास भएको छ। पुरुषले जे गरे पनि आफ्नोे मर्जीले गर्न पाइन्छ। महिलालाइ खान, लाउन,हिड्न लगायत जिन्दगीको हरेक निर्णय पुरुषहरुले भनेको अनुसार हुनुपर्छ। बिदेशी मुद्रा, शिक्षा, खाना लगायत हरेक कुरा पुरुषलाइ मात्र सुहाउँछ। तर महिलाले पुरुषको देखासिकी गर्यो भने बत्चलन कहलाउँछ।
हाम्रो धर्म संस्कृति र पहिचानलाई जोगाउने जिम्मा महिलाको मात्र छन। पुरुषहरुले हरेक कुराको ठेक्का लिएका छन तर जिम्मेवारी महिलाको हो। हामी आधा आकाश ओगटे पनि आधा धर्तीमा हाम्रो कुनै अधिकार छैन।
आजको युगमा महिलाहरु केहि स्वतन्त्रता बैधानिक रुपमा पाइएपनि व्यवहारिक रुपमा पितृसत्तात्मक मानसिक रोगीहरुको गुलाम र दासतामा सिमित छन। जब सम्म मानसिक रुपमा पुरुषहरुको नजरिया महिला प्रति मानबिय र सम्मान हुदैन तव सम्म बिभेद को अन्त हुदैन। मान्छेको पहिरन हेरेर भ्रमित हुनु भन्दा क्षमता र योग्यता लाइ महत्व दिनुपर्छ। लुगा लाज ढाक्ने बस्तु हो भने बुझ्नुपर्छ।
केहि पाखण्डीहरुले भन्छन् कि महिला हिंसाको कारण पनि महिला नै हो। तिनिहरुको ध्यानाकर्षण गराउन चाहन्छु कि एक चोटि बेलुका दारुको भट्टीमा गएर हेर्नुस् कतिजना महिला र पुरुष छन। थुनुवा र जेलमा गएर हेर्नुस् र हिसाब गर्नुस्। अरुलाइ बदल्नु भन्दा तपाइँको सङ्किर्ण सोचलाइ साकारत्मक बनाउनुस सहि र गलत छुट्याउने साहस जुट्छ।
महिला प्रतिको सदभाव र साकारात्मक चिन्तनका साथ हामि पनि तपाइँ सरह मानव हो भने महसुस गर्नुस्।हामिलाइ पनि तपाइ जस्तै मानब अधिकार चाहिन्छ। हामि एक अर्काको पुरक हो। जव सम्म हाम्रो बिच समानता हुदैन बिकासको सपना नहेरे पनि हुन्छ। माथिका कुराहरुमा सबैमा लागु नहुन सक्छ तर यी बिकृती मानसिकतालाइ नष्ट गरि साकारत्मक सोचको बिकास र सबैलाइ जिउन सहज वातावरणका लागि हामि सबैको हातेमालो चाहिन्छ।
साकारत्मक लाइक, कमेन्ट र सेयर गर्दिनका लागि हार्दिक अनुरोध गर्दछु। मैले यथार्थ चित्रण गरेको छु कसैलाइ ठेस पुगेमा क्षमाप्रार्थी छु। मैंले महिलाहरु सब निर्दोष हुन्छन भनेको होइनन् तर पुरुषको आधारमा धेरै कम हुन्छ भन्न खोजेको छु। र अपराध जसले गरेपनि कानुन बमोजिमको सजायँ पाउनुपर्छ। तपाइँ पनि वाँच्नुस् हामिलाइ पनि बाँच्न दिनुस्।
धन्यवाद।
जय मधेश।
ललिता विद्रोही
