नुवाकोट /
लागु औषधसहित २ जना पक्राउ परेका छन ।विदुर -२ र म्यागङ -२ का दुईजना पक्राउ परेका हुन।

असार ३१ गते राती २१;३० बजेको समयमा चन्द्रागिरि -७ चेकपोष्ट स्थित कलंकी नागढुङ्गा मुख्य सडकखण्डमा शङ्कास्पद रुपमा बा.६५ प. ५४९० नं. को मोटरसाइकलमा सवार उनिहरुलाई प्रहरी बृत्त थानकोटबाट खटिएको QRT टोलीले चेकजाँच गर्दा उनिहरुबाट निम्नानुसारको लागु औषध फेला पारी उनिहरुलाई मो.सा. सहीत नियन्त्रणमा लिइएको हो।

निम्न:

(क) पक्राउ परेका ब्यक्तिहरु:
१. जिल्ला नुवाकोट बिदुर न.पा. वडा नं. २ घर हुने बर्ष २१ को निराजन तामाङ ।
२. जिल्ला नुवाकोट म्यागङ गा.पा. वडा नं. २ घर हुने बर्ष २५ को रोशन तामाङ ।

(ख)बरामदी दशी :
१. DIAZEPAM (डाईजेपाम) लेखिएको १४ एम्पल ।
२. PHENERGAN (फेनारगन) लेखिएको १४एम्पल ।
३. NOOPHIN (नुफिन) लेखिएको १४ एम्पल ।
४. NITRAZEPAM – १० ट्याबलेट ।
५. NITRAVET-10 – १२ ट्याबलेट ।
६. TRADOLE -२७० क्याब्सुल ।
७. बा. ६५ प. ५४९० नं. को २२० सि.सि. पल्सर मोटरसाईकल १ ।
८. मोबाईल २, सिम थान २ ।
९. नगद रु १४,०००।- (चौध हजार) ।

उक्त घटनाको सम्बन्धमा प्रकरण नं. (ख) मा उल्लिखित दशीसहित पक्राउ परेका प्रकरण नं. (क) मा पक्राउ परेका ब्यक्तिहरु उपर लागु औषध नियन्त्रण ऐन, २०३३ को कसूरमा सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट दिन- ७ म्याद थप अनुमति लिई प्रहरी बृत्त, थानकोटबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय