नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिकाको नीति तथा कार्यक्रममा समेटिएको स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण प्रक्रिया शुरु गर्न ध्यानाकर्षण गराइएको छ। निवेदक सन्तबहादुर तामाङ, धनम तामाङ ,मेघ तामाङ र युनिशा तामाङले उक्त ध्यानाकर्षण गराएको हो।

उक्त ध्यानाकर्षण पत्रमा लेखिएको छ” नेपालको संविधान २०७२ को धारा ३ मा बहुभाषिक राष्ट्र , धारा ३१५ मा मातृभाषामा शिक्षा , धारा ३२ ( ३ ) मा प्रत्येक नेपाली नागरिकलाई आफ्नो भाषा, लिपि ,संस्कृति ,सांस्कृतिक सभ्यता र सम्पदाको संवर्धन र संरक्षण, धारा ५१ ( ग ) को ( ७ ) मा बहुभाषिक नीति अबलम्बन गर्ने जस्ता कुराहरु उल्लेख भएको छ ।

साथै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को ज ( ४ ) मा मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन , नियमन तथा फ ( १ ) मा भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीय स्तरको नीति, कानुन, मापदण्ड , योजना, कार्यान्वयन, अनुगमन र निगमन ,फ ( ५ ) मा भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी अन्य कार्य गर्न पाउने अधिकार स्थानीय तहलाई दिइएको छ ।त्यसैगरी अनुसूची ८ मा स्थानीय तहको अधिकार सूची अन्तर्गत बुँदा नं २२ मा भाषा , संस्कृति र ललितकलाको संरक्षण र विकास गर्ने अधिकार व्यवस्था भएको छ सर्वविदित नै छ ।

तर प्रदत्त अधिकार यस गाउपालिकामा वेवास्तामा परेका छन् ।त्यसैले यस गापा भित्रका सम्पूर्ण विद्यालयमा स्थानीय विषयको पठनपाठन हुनुपर्नेमा भैरहेको छैन ।यसको प्रत्यक्ष प्रभाव यस गा.पा.का कलिला विद्यार्थीहरुमा परिरहेको छ ।

स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माणको प्रक्रियालाई शिक्षा शाखाले सुस्त गतिमा अगाडि बढाएको पाइन्छ । त्यसैले विद्यालयमा उपलब्ध स्रोत साधनकै आधारमा अथवा त्यसमा सम्भव भएसम्म थपथाप गरी यथाशीघ्र आफ्नो मातृभाषामा पढ्न पाउने बालअधिकारलाई सुरक्षित गर्दै मातृभाषामामा आधारित बहुभाषिक शिक्षा दिने व्यवस्था, स्थानीय मातृभाषा पठनपाठन गर्ने व्यवस्था र स्थानीय विषयलाई पढाउने व्यवस्था गर्न र गराउन हार्दिक अनुरोध गरिन्छ ।

ध्यानाकर्षण पत्रको पुर्णपाठ:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय