धादिङ/
जिल्लामा एक वृद्धाको शव फेला परेको छ ।शनिबार सिद्धलेक गाउँपालिका–१ थोपल खोलास्थित किनारमा एक वृद्धाको शव फेला परेको प्रहरीले जनाएको हो ।

निलकण्ठ नगरपालिका–७ बाँसबोटे बस्ने ६४ वर्षीया मनमाया रेग्मीको शव फेला परेको प्रहरीको भनाइ छ ।

उनी शुक्रबार घरबाट घाँस काट्न हिँडेकी थिइन् ।घर नफर्किएपछि उनको खोजी गर्दा प्रहरीले खोला किनारमा शव फेला पारेको हो। प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय