• असोज २५, २०८३ आइतबार
    11 Oct, 2026, Sunday

    ११ महिनामा ५ हजार ९ सय ४३ जनाले गरे आत्महत्या


    २०७९ असार २३, बिहिबार

    २०७९ असार २३, बिहिबार

    काठमाडौ /
    चालु आर्थिक वर्षमा ५ हजार ९४३ जनाले आत्महत्या गरेका छन् ।प्रहरी प्रधान कार्यालयका अनुसार झुन्डिएर सवैभन्दा धेरै मानिसले आत्महत्या गरेका छन् ।२०७८ साउनदेखि २०७९ जेष्ठ सम्ममा ४ हजार ९५० जनाले झुन्डिएर आत्महत्या गरेको प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले बताए ।

    प्रदेश–१ मा सवैभन्दा धेरै १ हजार १७४ जनाले झुन्डिएर आत्महत्या रोजेका छन् । लुम्बिनी प्रदेशमा ९०६ जना र काठमाडौं उपत्यकामा ३४८ जनाले झुन्डिएर आत्महत्या गरेका हुन् ।

    प्रहरी प्रधान कार्यालयकाअनुसार विष खाएर ८ सय ९७ जनाले आत्महत्या गरेका छन् ।विष खाएर आत्महत्या गर्नेमा मधेश प्रदेशमा सबैभन्दा धेरै अर्थात १६१ जना छन् ।आगो लगाएर १३ जना, हाम फालेर ३८ जना, हात–हतियारको प्रयोग गरेर १७ जना र पानीमा हाम फालेर २८ जनाले आत्महत्या गरेका छन् ।

    मिल्दो जुल्दो खबर