नुवाकोट /
प्रहरीले एकजना युट्युबरलाई मंगलबार पक्राउ गरेको छ। सामाजिक सञ्जाल युट्युबमा अश्लील शीर्षकहरू राखेर भिडिओ अपलोड गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार ४ रियल टिभी नामक युट्युब खोली अश्लीलता फैलाउने खालका भिडिओ अपलोड गर्ने नुवाकोट बेलकोटगढी- ७ का २२ वर्षीय प्रवेश लामा पक्राउ परेका हुन्।

उनी अहिले काठमाडौंको बौद्धमा बस्दै आएका थिए। लामालाई सोमबार पक्राउ गरिएको र पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिइएको ब्युरोले जानकारी दिएको छ।

लामाले काठमाडौंका विभिन्न सडकमा रातको समयमा युवतीहरूलाई अश्लील प्रश्न सोधेर भिडिओ प्रकाशन गर्दै आएको प्रहरीको आरोप छ। समाजमा अश्लिलता फैलाउने किसिमका भिडिओ बनाइ सामाजिक सञ्जालहरूमा प्रकाशन गरेकाले विद्युतीय कारोबार ऐनअन्तर्गको कसुरमा उनलाई पक्राउ गरेको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

पीडित युवतीको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

लामाले काठमाडौंका विभिन्न सडकमा रातको समयमा युवतीहरूलाई अश्लील प्रश्न सोधेर भिडिओ प्रकाशन गर्दै आएको प्रहरीको आरोप छ। समाजमा अश्लिलता फैलाउने किसिमका भिडिओ बनाइ सामाजिक सञ्जालहरूमा प्रकाशन गरेकाले विद्युतीय कारोबार ऐनअन्तर्गको कसुरमा उनलाई पक्राउ गरेको प्रहरीको साइबर ब्यूरोले जनाएको छ।

पीडित युवतीको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।                 

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x