प्रकाश दहालको शालिक नुवाकोटको ककनीमा अनावरण

ताजा समाचार राजनीति

नुवाकोट /
सगरमाथा आरोहण गरेका प्रकाश दाहाल (साकार) को शालिक नुवाकोटको ककनीमा निर्माण गरिएको छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान शालिक अनावरण गरे ।

दाहालको शालिक नेपाल पर्वतारोहण संघले निर्माण गरेको हो । सोही शालिक प्रकाश दाहालको जन्मदिनको अवसर पारेर आज बिहान अनावरण गरिएको हो ।शालिक राखिएको स्तम्भमा प्रकाश दाहालको जीवनी समेत अंकित गरिएको छ ।

२०६६ सालमा सुरु भएको लुम्बिनी–सगरमाथा शान्ति अभियान अन्तर्गत २०६९ साल जेठ १३ गते कृष्ण केसी नेतृत्वमा प्रकाश दाहाल, विना मगर, सरल सहयात्री, युवराज दुलाल (शरद), शिव डाँगी, मदन चुडाल र महेश्वर फुयालले सगरमाथाको सफल आरोहण गरेका थिए ।

प्रकाश दाहाल प्रचण्डको कान्छो सन्तान हुन् ।२०७४ साल मंसिर ३ गते उनको निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *