धादिङ/
जिल्लाको उत्तरी क्षेत्र खनियाबास गाउँपालिका २ अक्थलीमा पेस्तोल सहित दुई जना पक्राउ परेका छन्। स्थानीय पशुराम तामाङको घरमा डेरामा लिई बस्ने झार्लाङका २५ वर्षिय सुनिल तामाङ र अविनाश तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले अवैध रुपमा हातहतियार पेस्तोल लुकाई छिपाई राखेका छन् भन्ने गोप्य सुचना प्राप्त भए पश्चात जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी निरीक्षक रमेश थापाको कमाण्डमा खटि गएको प्रहरी टोलीले सुनिल तामाङ र अविनाश तामाङको उक्त डेरा कोठा खानतलासी गर्दा म्याग्जिन सहितको पेस्तोल थान १ (एक)‚ खुकुरी थान १ (एक) र मोबाईल सेट थान ३ (तिन) फेला पारी बरामद गरी उनीहरुलाईलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।


