औचित्य !

साहित्य र मनोरञ्जन

मलाई हैरान भएर हेर्छन्
सबै पुतली हरु
जहाँ देख्दा हुन्
चिसा मान्छेको जमात
हैसियत नै राख्दैनन्
परन्तु वा किन्तुको सम्म
लेख्न छुटेको व्यथा होकि कथा
देखे ,सुने होलान्
साचो बोल्दाको प्रमाण मागेको
सायद /पुतली हरु हास्दै होलान् ।

केही नहुदाको औचित्य र
सबैथोक हुदाको हाम्रो प्रवृत्ति
सुनेर जानेर पो होकि
पिसिएर सुगन्ध फैलिने
स्तर मापन हुनुपर्छ
अलौची सङ्ग अब टालो र झुम्राको पनि
बुझेरै हासे कित पुतलीहरु ?

ओल्लो डिल र पल्लो कान्लामा
कहिले आधा त अधुरो ,अपुरो
चिप्ला लिस्नुहरु छन् रेत !
हिडने हरु अल्मलिन्छन् पो
भन्ने सुनेको
भुल्छन् रे
थोरै पिएपछी
अनिपो पुतली हरु
हैरान हुँदै हास्दा रहेछन्

स्थिति र इच्छाहरुमा
जलेर मर्नु र मरेर जल्नु वा गाडिनुमा
के अन्तर ,भिन्नता छ भनेर
झरेका पातलाई सोधेँकै छैन
एक तमासले हेरिरहे
मौन बसेको बेला पनि
सबै पुतलीहरु
किन हैरान भएर हासेका होलान्

आयु सकिएर मिति पुगेर
साझ परेपछि
कतै घाम लागेको नदेखेर होला
रिस ,आवेग केही नहुनाले वा
अज्ञात व्यथा बुझेर
अनुमान सम्म गर्न सक्दछु
एक हुल पुतली हरु
मलाई हैरान भएर हेर्छन् !!

– मदन पौडेल (रहस्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *