प्रिय फूल
तिमी
परै मुस्कुराऊ
परपरै
तिम्रो त्यो शुन्दरता
फिँजाऊ।
तिमी पर बस्दा
परपरै मुस्कुराउँदा
सँधैभरि
प्रिय रहिरहन्छौ
नजिक आयौ भने
यो मन सम्हालिन
गाह्रो पर्न सक्छ।


मेरो लागि
तिमी गलाको
माला बन्नु पर्ने
हुनसक्छ
ति सियाका
टुप्पाहरुले घोचेको
सहदै सहदै।
च्यातिनु पर्ने
हुन सक्छ
मेरो लागि।
कहिले शिरमा
पुग्नु पर्ने हुन्छ
अनि
कहिले पैतालामा
गिर्नु पर्न सक्छ
त्यसैले
ए पवित्र फूल
तिमी परै
मुस्कुराऊ
अनि परपरै
शुन्दरता फिँजाऊ
किनकी
तिमी दूर रहँदा
हाम्रो नाता
युगौँ युग
रहन्छ
तर
निकटतामा
चटक्क टुट्न सक्छ।
– लक्ष्मी स्मृति,बिराटनगर-५
