काठमाडौं क्षेत्र नं ४ मा उम्मेदवारी घोषणा गरेका मुकुन्दे भनिने मुकुन्द घिमिरेले महानगरपालिकाका मेयर बालेन साहको राजीनामा मागेका छन् ।बालेनले फोहोर फाल्न नसकेको भन्दै मुकुन्देले राजीनामा मागेका हुन् ।
बालेनले नैतिकताको आधारमा तत्काल राजीनामा दिएर अबिलम्ब उपचुनाव हुनुपर्ने समेत बताएका छन ।उनले ट्वीट गर्दै राजीनामा मागेका हुन् ।


मुकुन्दे बालेन साहका कटु आलोचक रहदै आएका छन् ।उनले बालेनले महानगरपालिकामा खासै काम गर्न नसक्ने ठोकुवा समेत गर्दै आएका छन् ।

