काठमाडौ /
भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) मा नवनिर्वाचित रेणु दाहाल सवारी दुर्घटनामा घाइते भएकी छन् ।

शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै उनी सवार गाडी पोलमा ठोक्किएर दुर्घटना भएको ललितपुर प्रहरी स्रोतले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकी मेयर दाहालको सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।उनको टाउकोमा चोट लागेको बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय