काठमाडौ /
पार्टी प्रवक्ता खड्गबहादुर विक प्रकाण्डले सार्वजनिक गरेको एक तस्वीरमा विप्लवलाई फूल दिन लाइनमा बसेका एक कार्यकर्ताले खुट्टामा दुई थरी चप्पल लगाएको देखिन्छ ।नेकपाको १३ औं पूर्ण बैठक शुरु हुनै लाग्दा उदयपुरको रौतापोखरीमा यस्तो दृश्य देखिएको हो।
ढाकाटोपी लगाएर विप्लवलाई फूल दिन लाइनमा बसेका ती कार्यकर्ताको खुट्टामा रातो र हरियो दुईथरी चप्पल देखिन्छ।सर्वहाराको मुक्तिका लागि भन्दै विगतमा सशस्त्र संघर्ष गरेको माओवादी पार्टीका नेताहरू सुविधाभोगी बन्दै गएको कार्यकर्ताले आरोप लगाउने गरेका छन् । विदेशी ब्राण्डका कपडा लगाउने, महँगा गाडी चढ्ने गरेको भन्दै कार्यकर्ताले नेताको आलोचना गरेको पाइन्छ।
अपरिचित नेकपाका ती कार्यकर्ताको खुट्टामा देखिएको दुईथरी चप्पलले नेपालको गरिबीको समेत यथार्थ चित्रण गरेको छ ।