नुवाकोट/
जिल्लामा स्थानीय तह निर्वाचन २०७९ मा केही उम्मेदवारले एक मत पाउन सकेनन् । स्थानीय निर्वाचनमा एक मत पनि नपाउने उम्मेदवारहरुमा तारकेश्वर गाँउपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार टेकबहादुर तामाङ, लिखु–१ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार रामप्रसाद लामीछाने, विदुर–४ को वडाध्यक्षमा जनसमाजवादी पार्टीका उम्मेदवार निरञ्जन घिमिरे, विदुर–६ को वडाध्यक्ष पदमा जनसमाजवादी पार्टीका उम्मेदवार सरोज कुमाल, पञ्चकन्या–२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार जगदिश महत र राजु मिजार रहेका छन्।

यस्तै किस्पाङ–१ मा वडाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार पल्देन लामा र स्वतन्त्र उम्मेदवार मुकेश घले, बेलकोटगढी–१ को वडा सदस्यमा राप्रपाका उम्मेदवार सक्षम पुडासैनी, ककनी–३ मा उन्नत लोकतन्त्र पार्टीबाट वडा सदस्यका उम्मेदवार पुरुषोत्तम बलामी, किस्पाङ–१ को वडासदस्य पदमा जनसमाजवादी पार्टीका उम्मेदवार सायमन तामाङ र साटो घलेले एकमत पनि प्राप्त गर्न सकेनन् ।

यसैगरि पञ्चकन्या–२ को वडा सदस्यमा स्वतन्त्र उम्मेदवारहरू राजु मिजार, मानबहादुर मिजार र दिपेश मिजार, पञ्चकन्या–२ को दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार सरिता मिजार र विदुर–६ को महिला सदस्यमा जनसमाजवादी पार्टीका उम्मेदवार गोमा तमाङले एक मत पनि नपाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय