अर्थमन्त्रीलाई बाबुराम भट्टराईको सुझाव: आर्थिक क्रान्ति गर्ने बजेट ल्याउनुस

ताजा समाचार राजनीति

काठमाडौ /
संघीय प्रतिनिधिसभामा नयाँ आर्थिक वर्षको बजेटका प्राथमिकता र सिद्धान्तबारे छलफल सुरु भएको छ।बजेटका सिद्धान्त र प्राथमिकताबारेको छलफलमा पूर्वप्रधानमन्त्री, पूर्वअर्थमन्त्रीसमेत रहेका संघीय समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली जनताले आर्थिक क्रान्ति चाहेको, विकास र समृद्धि चाहेको उल्लेख गरे।

विकास र समृद्धि चाहे पनि जनताले त्यो नपाएको बताए। उनले भने, ‘देशको राष्ट्रिय विकासको नीति के हुने, ५०औँ वर्षदेखि अल्पविकसित अवस्थामा रहेको, ४० वर्षअघि ३०० डलर प्रतिव्यक्ति आय भएका देशहरु १२ हजार डलरमा पुगिसके पनि हामी १३ सय डलरको अवस्थामा बल्ल पुगेको छ। गरिबीको अवस्था विकराल छ।’

उनले केही समयअघि नेपाल पनि श्रीलंका बन्नलागेका कुरा आएको भन्दै उनले उसको विदेशी मुद्रा सञ्चितिमा संकट आएको, ऋणमा फसेको विषयलाई लिएर तुलना गर्न खोजिएको बताए। नेपाल ५० वर्षदेखि पिँधको पिँधमै रहेको, माथि उक्लिन नसकेकोले सोच्ने बेला आएको बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *