
काठमाडौं /
पाँच दलीय गठबन्धनको निर्णय नमान्नेलाई आ-आफ्ना दलले कारवाही गर्ने निर्णय गरेको छ।
गठबन्धनको आइतबार बसेको स्थानीय तह निर्वाचनको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले गठबन्धनको सहमतिअनुसार अघि बढ्न निर्देशन दिएको हो।
‘पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरुमा समझदारी अनरुप कार्य गर्न गराउन आ-आफ्ना दलले आ-आफ्ना मातहतका निकायहरुलाई निर्देशन दिने’ बैठकको निर्णयमा भनिएको छ।
गठबन्धनको मर्म र भावना अनुरुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्णय समेत गरेको छ।