नुवाकोट /
नेपाली सेनाले दुप्चेश्वर गाउँपालिका १ घ्याङ्गफेदी स्थित नेगी गाउँको बस्तीमाथि रहेको ठूलो ढुंगो व्यवस्थापन गरेको छ। २०७२ वैशाख १२ गतेको भूकम्पले हल्लाएर बस्ती जोखिममा परेपछि सेनाले २० हजार घन मिटरको ढुंगो ब्लाष्टिङ्ग गरेर फुटाई व्यवस्थापन गरेको हो।

नेगी बस्तीमा ४७ घरपरिवार र एक आधारभूत विद्यालय रहेको छ। नुवाकोट जिल्ला विपद व्यवस्थापन कोष र दुप्चेश्वर गाउँपालिकासँगको सहकार्यमा श्री कालीभञ्जन गण (ई) बाट खटिएको जनशक्तिले गत बिहीबार ढुङ्गा व्यवस्थापन सम्पन्न गरेको नेपाली सेनाले जनाएको छ।सेनाले ब्लास्टिङ कार्य २०७८ साल फाल्गुण १४ गतेबाट शुरु गरेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x
x