काठमाडौ /
राइट टु रिजेक्ट लागू नगरी निर्वाचन गराउन खोज्ने प्रधानमन्त्री, प्रमुख निर्वाचन आयुक्त, सभामुख र कानून मन्त्री समेतलाई अदालतको अपहेलनामा सजाय गरी निर्वाचन समेत रोक्न माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरी यही २०७९/०१/२० गते पेशी समेत तोकिएको छ ।उन्नत लोकतन्त्र पार्टिका अध्यक्ष स्वागत नेपालले मुद्दा दायर गराएका हुन।

उन्नत लोकतन्त्र पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ “एक दशकअघि सर्वोच्च अदालतमा जनताले खराब उम्मेदवार बहिष्कार गर्न पाउने विकल्प मतपत्रमा नै हुनुपर्ने माग राखी अधिवक्ता स्वागत नेपाल समेतले दायर गरेको रीटमा उम्मेदवार वहिष्कार गर्न पाउने अधिकार दिने गरी कानून बनाएर मात्र निर्वाचन गर्नू भन्ने निर्देशनात्मक आदेश उल्लंघन गरी निर्वाचन गराउन लागेकोमा अदालतको अपहेलनामा प्रधानमन्त्री, सभामुख, प्रमुख निर्वाचन आयुक्त र कानून मन्त्री समेतलाई सजाय गर्न र राइट टु रिजेक्टको व्यवस्था नगरी निर्वाचन नगराउन माग गर्दै अधिवक्ता तथा उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउनु भएको छ ।

उक्त मुद्दामा २० गतेका लागि पहिलो पेशी हुने गरी बहसका लागि पहिलो पेशी तारिक दिइएको छ ।

उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले एक दशक अघि नै सर्वोच्च अदालतमा दायर गरेको रीटमा अब उप्रान्त सबै निर्वाचनमा राइट टु रिजेक्टको विकल्प सहितको मतपत्र प्रकाशित गरेर मात्र चुनाव गराउनु भन्ने निर्देशनात्मक आदेश भएको थियो ।सो समयदेखि निरन्तर जारी हाम्रो यो लोकतन्त्रलाई उन्नत तथा प्रत्यक्ष बनाउने कानूनी लडाइँमा साथ समर्थन र सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं ।

विज्ञप्तीको पुर्णपाठ:

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x