संखुवासभा/
जिल्लाको खाँदबारी नगरपालिका मेयरमा श्रीमान र उप मेयरमा श्रीमतीको उम्मेदवारी परेको। स्थानीय तह निर्वाचनका लागि जनता समाजवादी पार्टीले खाँदबारी नगरपालिकाको मेयरमा सिताराम तिम्सिना र उपमेयरमा उनकै श्रीमती मैयाँदेवी चिमरियालाई टिकट दिएको हो ।

उनीहरु दुवैको उम्मेदवारी दर्ता भएको खाँदबारीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मेयर उम्मेदवार बनेका तिम्सिना जनता समाजवादी पार्टीको संघीय परिषदका केन्द्रीय सदस्य हुन् ।पार्टीले जिम्मा दिएपछि श्रीमान–श्रीमतीले नै एउटै पार्टीबाट एउटै पालिकामा उम्मेदवारी दिएको तिम्सिनाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x