नुवाकोट/
जिल्लामा रहेका सत्तारुढ गठबन्धनका दलहरुविच पद फाँडफाँडमा विवाद देखिएपछि गठबन्धन टुटेको छ।सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले आफुलाई स्थानिय तहको पद बाँडफाँडमा उपेक्षा गरेको भन्दै गठबन्धनबाट अलग हुने घोषणा गरेको हो।

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष ईश्वर राउतले शुक्रवार राती एक विज्ञप्ती जारी गर्दे आफुहरु गठबन्धनबाट अलग भएको बताएका छन्। वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा जनता समाजवादी एक्लै चुनावमा लड्ने र जनता समाजवादी तत्काल गठबन्धनबाट वाहिर रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यसअघि शुक्रवार साँझ नै नेपाली कांग्रेसका जिल्ला अध्यक्ष रमेश कुमार रहत र माओवादी केन्द्रका तर्फबाट संयोजक पुष्प लामिछानेले एक विज्ञप्ती सार्वजनिक गरि विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा चार दलीय गठबन्धन हुने बताएका थिए ।

तर सो विज्ञप्तीमा असहमति जनाउँदै एकिकृत समाजवादी र जनता समाजवादीका नेताहरुले हस्ताक्षर गरेका छैनन् ।

एकिकृत समाजवादी र जनता समाजवादीका नेताहरुले पद फाँडफाँडमा आफुहरुलाई उपेक्षा गरेको भन्दै गठबन्धनबाट बाहिरिने बताएका हुन् ।

गठबन्धनबाट वाहिरएको जसपाले आवश्यकताको आधारमा अन्य पार्टीसँग सहमति गरेर अगाडी बढने समेत निर्णय गरेको नेता राजन वमले नुवाकोट जागरणलाई बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय