
नुवाकोट /
नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचनमा नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई प्रयोग गरेको छ।
स्थानीय तह निर्वाचन लक्षित पोष्टरमा माओवादीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित कुलमान र जनार्दन शर्माको तस्वीर प्रयोग गरिएको छ। अध्यक्ष प्रचण्डले सार्वजनकि गरेको चुनावी प्रचार सामग्रीमा अध्याँरोबाट उज्यालोको यात्रा भनेर लेखिएको छ।
माओवादीको चुनाव चिह्न सँगै बिजुली बनेको बिम्बात्मक तस्बिर पनि राखिएको छ।