काठमाडौ /
उन्नत लोकतन्त्र पार्टी (एडिपी)का उम्मेदवारहरुले जनतासँग संस्थागत परिवर्तन सहितको विभिन्न प्रतिवद्धता जनाएका छन।उक्त पार्टीले एक तमसुक पत्र जारी गर्दै पार्टीले जनतासामू प्रतिवद्धता जनाएकोे हो ।

पार्टीले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरेर २१ बुँदे तमसुक जारी गरेको हो ।तमसुकमा उल्लेख गरिएका काम निर्वाचित भएर पनि नगरेमा भोट फिर्ता लिई ५१ प्रतिशतबाट रिकल गर्न पनि भनिएको छ ।

चुनावमा मतदातालााई आकर्षित गर्न एक रुपैया पनि खर्च नगर्ने तमसुक पत्रमा उल्लेख छ ।त्यस्तै पानी,स्वास्थ्य,शिक्षा र भूमिहिनलाई आवासको निर्देशिका बनाई नि:शुल्करुपमा उपलब्ध गराउने,सबै पालिकामा जंगली जनावरले बालीमा पुर्याउन सक्ने क्षती तत्कालै रोक्ने र रोक्न नसके सम्पूर्ण क्षति व्यहोर्ने उल्लेख गरिएको छ ।

त्यस्तै भ्यू टावर र स्वागतद्धारका लागि कुनै रकम विनियोजन नगर्ने,राजनितीक आधारमा दिएको चन्दा पुरस्कार रोक्ने र पालिकाले लगाएको दोहोरो तेहेरो कर रोक्ने पनि तमसुक पत्रमा उल्लेख गरिएको छ ।

तमसुक पत्रको पुर्णपाठ:

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x