काठमाडौं /
आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचन सम्बन्धी जानकारी लिन चाहनेका लागि निर्वाचन आयोगले कल सेन्टरको व्यवस्था गरेको छ।आयोगको सोमबारको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तह निर्वाचनका लागि भोलि चैत १५ देखि कल सेन्टर सञ्चालनमा ल्याउने जानकारी दिएका हुन्।

प्रवक्ता पौडेलले त्यसका लागि आवश्यक जनशक्तिलाई आज (सोमबार) नै अभिमुखीकरण तालिम दिइएको बताए।आयोगले कल सेन्टर सञ्चालनका लागि ११०२ टोल फ्रि नम्बरको व्यवस्था समेत गरिसकेको उनले जानकारी दिए।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय