नुवाकोट /
निर्वाचन आयोगले नुवाकोट लगायत देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ ।आयोगले आइतबार सूचना प्रकाशित गरेर ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६७६ जना निर्वाचन अधिकृत तोकेको हो ।

आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।बाँकी रहेका स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरु र निजामती सेवाका उपसचिवहरु रहने गरी निर्वाचन अधिकृत तोकेको हो ।

आयोगले आगामी चैत मसान्तदेखि बैशाख २ गतेभित्र यी सबै निर्वाचन अधिकृतलाई अभिमुखीकरण तालिम पनि दिने भएको छ।स्थानीय तह निर्वाचन आगामी बैशाख ३० गते हुँदै छ ।

को कहाँ ?

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय