काठमाडौ /
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा नेपालमा करिव ३१ अर्ब रुपैयाँको मोबाइल फोन सेट भित्रिएको छ ।भन्सार विभागका अनुसार २०७८ साउन देखि फागुन मसान्तसम्मको अवधिमा ३० अर्ब ९९ करोड २१ हजार रुपैयाँको मोबाइल फोन सेट नेपाल भित्रिएको हो ।

उक्त मूल्यमा ४२ लाख ५९ हजार ९८९ थान मोबाइल सेट विभिन्न देशबाट नेपाल भित्रिएको विभागले जनाएको छ ।पछिल्लो आठ महिनामा नेपालले सबैभन्दा बढी मोबाइल चीनबाट आयात गरेको छ ।चीनबाट सो अवधिमा १८ अर्ब २३ करोड २४ लाख १० हजार रुपैयाँको मोबाइल फोन सेट नेपालमा आएको छ ।

यस्तै, भारतबाट ११ अर्ब १६ करोड ६८ लाख २४ हजार रुपैयाँ, भियतनामबाट १ अर्ब १५ लाख ८७ हजार रुपैयाँ, युनाइटेड अरब इमिरेट्स (युएई)बाट १९ करोड ५५ लाख ६४ हजार रुपैयाँ, अमेरिकाबाट १० करोड ५० लाख ९८ हजार रुपैयाँ, बंगलादेशबाट १० करोड ३ लाख १६ हजार रुपैयाँ, जापानबाट ४ करोड २४ लाख ३० हजार रुपैयाँ, हङकङबाट ३ करोड ६ लाख ३१ हजार रुपैयाँ, दक्षिण कोरियाबाट १ करोड ३६ लाख ११ हजार रुपैयाँ, कतारबाट २ करोड ७५ लाख ९४ हजार रुपैयाँको मोबाइल नेपाल भित्रिएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा विभिन्न देशबाट २६ अर्ब ३० करोड ५४ लाख ९५ हजार रुपैयाँको मोबाइल सेट नेपालले आयात गरेको थियो । सो मूल्यमा ४९ लाख ९३ हजार ४५१ थान मोबाइल सेट नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय