
काठमाडौ /
चीनको दक्षिणी क्षेत्रमा एक विमान दुर्घटना भएको छ ।१३३ यात्रु बोकेको चाइना इस्टर्न बोइङ ७३७ जहाज दक्षिणी चीनको ग्वाङ्जी जुहाङ प्रान्तको पहाडमा ठोक्किएर दुर्घटना भएको चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ ।
दुर्घटनापछि विमानमा आगलागी भएको छ ।दुर्घटनामा अहिलेसम्म कति जनाको मृत्यु भयो भन्ने खुलेको छैन ।
कुन्मिङ चान्सुई विमानस्थलबाट छुटेको उक्त विमान दक्षिणी चीनको युनान प्रान्तको ग्वाङ्झाउमा अवतरण हुने तालिका थियो ।