
ललितपुर/
१३ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।गोदावरी नगरपालिका–३, पुतलीघाट बस्दै आएका उदयपुरको कटारी नगरपालिका–१०, सोरुङका ३८ वर्षीय चुक्तबहादुर राउतलाई प्रहरीले पक्राउ गरेको हो ।उनी शुक्रबार दिउँसो पक्राउ परेका हुन् ।
पुतलीघाटस्थित सडक किनारमा पार्किङ गरिराखेको बा४ख ३१८१ नम्बरको बसभित्र मंगलबार राति राउतले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो ।