काठमाडौ /
केपी शर्मा ओलीे चिन्तित मुद्रामा भोक टार्न चिउरा खादै गरेको तस्बिर सार्बजनिक भएसंगै भाइरल भएको छ। जुन फोटो एमालेका स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख पूर्वगृहमन्त्री खगराज अधिकारीले आफ्नो सामाजिक संञ्जाल फेसबुकमा पोष्ट गरेका हुन् ।

खगराज अधिकारीले आफु सहितको फोटो पोष्ट गर्दै क्याप्सनमा लेखेका छन्– ‘आदरणीय अध्यक्षज्यू भेटघाटको व्यस्तताले ३ः०० वजे चिउरा खादै भोक टार्दै साथीहरूसग कुराकानीमा’ ।उनको मतलब एमाले अध्यक्ष केपी शर्मा ओली भेटघाटमा व्यस्त गरेकाले चिउराले भोट टार्दै नेता कार्यकर्ताहरुसंग कुराकानी गरिरहेका छन् ।फुर्सदले खाजा खाने समय पनि नभएको बुझिन्छ ।

केपी शर्मा ओलीको सो तस्बिरमा पार्टीका कार्यकर्ताले प्रशंसा गर्दै सकारात्मक टिप्पणी गरेका छन् भने कतिपयले सत्ता छाड्दाको पिडा र आउँदो निर्वाचनमा गठबन्धन बिरुद्ध एमाले एक्लै लड्दा आउने परिणमले नेकपा एमालेको हालत निकै खराब हुनसक्ने आंकलन गरेपछिको अवस्था बन्दै टिप्पणी गरेका छन् ।कोहिकोहिले चुनावमा सबैको ध्यान आफुतिर तान्न नेताहरुको हर्कत समेत भन्ने गरेका छन् ।

स्थानीय निर्वाचन नजिकिएसंगै पछिल्लो समय बिभिन्न राजनीतिक दलका पार्टी नेतृत्व देखि सामान्य कार्यकर्ताहरु समेत व्यस्त हुन थालेका छन् ।टिकट पाउन र आफ्नो जित सुनिश्चि गर्न बिभिन्न दलका नेता–कार्यकर्ताहरु पार्टी परिवर्तन गर्न थालेका छन् ।पार्टी प्रवेश गर्नेहरुलाई प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देशव्यापी दौउडमा निस्किएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय