धादिङ/
प्रहरीले गुण्डा नाइके अशोककुमार तामाङसहित ६ जनालाई पक्राउ गरेको छ ।उत्तरी धादिङको भूभागमा गुण्डागर्दी गर्दै आएका गुण्डा नाइके तामाङ सहित ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
तामाङले खनियाँबास गाउँपालिकामा संचालित सौर्य ज्योति कन्स्ट्रक्सनका मालिक बुद्धि तामाङसँग फिरौती मागेको र फिरौती नदिएपछि उनको स्क्याभेटर , टिफरसहित करोडौंको निर्माण सामग्रीमा आगजनी गरेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी डिएसपी जागेश्वर भण्डारीका अनुसार आपराधिक गतिविधि गर्दै आएका गुण्डा नाइके तामाङसहित ६ जनालाई पक्राउ गरिएको छ ।
‘हामीले ६ जनालाई आपराधिक गतिविधि गरेको अभियोगमा पक्राउ गरेका हौं , ‘ भण्डारीले भने ।पक्राउ पर्नेमा अशोक कुमार तामाङ , दिपक तामाङ , विर्ख घले , सञ्जय थोकर , सुविस तामाङ र रेमन तामाङ रहेका छन् ।उक्त समुहले ठेकेदार तामाङसँग ६ लाख रुपैयाँ फिरौती मागेको र उक्त रकम एकैसाथ नदिएको भन्दै स्क्याभेटर , टिफरसहित विभिन्न निर्माण सामग्रीमा आगजानी गरिदिएको थियो ।
आगजनीबाट करिब एक करोड बराबरको क्षति भएको अनुमान छ।शुक्रबार विहान ११ बजेतिर धारिलो हतियार र पेस्तोलसहित आएको उनको समुहले कर्मचारीलाई बन्धक बनाएर आगजानी तथा तोडफोड गरेको थियो ।मुचुल्का अनुसार जेसिबी ब्याकलोडर पुर्ण आगजानी गरिदिएका छन् ।त्यस्तै इस्कोट्स कम्पनिको अर्को ना १ ख ८२७८ नम्बरको ब्याकलाडेर भने तोडफोड गरिएको छ ।अशोकको समुहले प्रदेश ३-०१-००७-०१३६ नम्बरको टिफर , बा ४ ख १६ ९ २ नम्बरको आइचर गाडी समेत तोडफोड गरिदिएको थियो।