काठमाडौं /
तेल उत्पादकहरुले बजारमा खानेतेलको मूल्य बढेको भनि थप वृद्धि रोक्न घाटा खएर तेल बिक्री गरिरहेको दाबी गरेका छन् ।शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै तेल उत्पादकहरुको संस्था नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले यस्तो दाबी गरेको हो ।
खानेतेलको कच्चा पदार्थको मूल्य ४० देखि ५० प्रतिशत हाराहारीले बढे पनि तेलको मूल्य नबढाई उल्टै आपूर्ति सुचारु राख्न हरसम्भव प्रयास गरेको संघको भनाइ छ ।
सन् २०१९ मा २०२२ मा ७ सय डलर रहेको कच्चा तेलको मूल्य १५ सय डलर पुगेको छ ।यसमा रुस र युक्रेनको युद्धले थप मलजल गरेको छ,’ संघले भनेको छ, ‘गत फेब्रुअरी महिनादेखि यस्ता कच्चा आयात समेत रोकिएको अवस्थामा आपूर्ति सहज गराउनु नै ठूलो चुनौती भएको छ ।’
अन्तर्राष्ट्रिय बजारको कच्चा पदार्थको मूल्यअनुसारको मूल्य स्थानीय बजारमा कायम राख्नै जटिल भएको पनि संघको भनाइ छ ।रुस र युक्रेनको तनावका कारण अघिल्लो महिनाको तुलनामा अहिले तेलको मूल्य निकै महँगिएको पनि संघको दाबी रहेकोे छ ।