
काठमाडौ /
भोलि (बिहीवार) शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाइँदैछन् ।नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गरेका छन् ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।
ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ ।ग्याल्पो ल्होसार भोटका नवौं राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो ।
सरकारले बिदा दिने निर्णय गरेको छ।सांस्कृतिक पर्व ग्याल्पो ल्होसारको अवसरमा बिहीबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।