• असोज २५, २०८३ आइतबार
    11 Oct, 2026, Sunday

    संसद भवनअगाडि नक्कली प्रेसर कुकर बम राखेको अभियोगमा एकजना पक्राउ


    २०७८ फागुण १८, बुधबार

    २०७८ फागुण १८, बुधबार

    काठमाडौ /
    बानेश्वरस्थित संसद भवनअगाडि सोमबार नक्कली प्रेसर कुकर बम राखेको अभियोगमा एकजना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका काभ्रे निवासी सुवास महत रहेको प्रहरीले जनाएको छ।

    उनलाई महानगरीय अपराध महाशाखाको टोलीले बुधबार राजधानीबाटै पक्राउ गरेको हो।

    संसदबाट अमेरिकी सहायता परियोजना एमसीसी पारित भएपछि विरोधमा सोमबार गरिएको नेपाल बन्दका क्रममा उनले संसद भवनअगाडि ‘नक्कली बम’राखेको प्रहरीले जनाएको छ।

     

    मिल्दो जुल्दो खबर