• असोज २५, २०८३ आइतबार
    11 Oct, 2026, Sunday

    फागुन १५ गतेलाई कालोदिन: चैत्र ६ गतेसम्म संघर्षको कार्यक्रम घोषणा


    २०७८ फागुण १७, मंगलबार

    २०७८ फागुण १७, मंगलबार

    काठमाडौं /
    ६ वटा कम्युनिष्ट पार्टी र दुई मोर्चाले एमसिसी संसदबाट पास भएको फागुन १५ गतेलाई कालो दिन घोषणा गरेको छ।

    बैठकपछि संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले देउवा सरकार, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुले नेपाली जनताको विरोध आन्दोलनका खिलापमा अमेरिकी साम्राज्यवादसँग आत्मसमर्पणवादी कुकार्य गरेको टिप्पणी गरेका छन् ।

    राष्ट्रघातका विरुद्ध आगामी चैत ६ गतेसम्म आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरिएको छ। फागुन २० गतेदेखि विरोध प्रदर्शन, विरोध सभालगायतका विभिन्न कार्यक्रम तोकिएको छ।

     

    मिल्दो जुल्दो खबर