काठमाडौ /
राष्ट्रिय जनमोर्चा पाँच दलीय गठबन्धनबाट अलग भएको छ। गठबन्धनमा संलग्न अन्य चार दलले जालझेल तथा तिकडम गरेर एमसीसी संसदबाट पारित गरेको ठहरसहित राजमो गठबन्धनमा नरहने निर्णय गरेको हो।
अध्यक्ष चित्रबहादुर केसीले सोमबार एक विज्ञप्ति प्रकाशित गरी ‘पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको विरुद्ध खडा भएको स्थितिमा पाँच दलीय गठबन्धनलाई कायम राखिरहनु पर्ने औचित्य समाप्त भएको’ बताएका छन्।
यस्तै, जनमोर्चाले व्याख्यात्मक प्रस्तावलाई आफ्ना कार्यकर्ताहरुको एमसीसी विरुद्धको आक्रोसलाई मत्थर पार्न गरिएको नौटङ्की मात्र हो भनेको छ।
साथै, एमसीसीविरुद्धको संघर्षलाई निरन्तरता दिने निर्णय पनि जनमोर्चाले गरेको छ।